फिल्म ‘हिँड्दा हिँड्दै’ को छायांकन समापन भएको छ । फिल्मको छायांकन सकिएको निर्माण टिमले जानकारी गराएको हो l मिलन आले मगरको निर्देशन रहेको फिल्म नारायण सुशील पंगेनी इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण भएको हो l फिल्ममा देव महर्जनको द्धन्द्ध निर्देशन, कविराज गहतराजको नृत्य निर्देशन रहेको छ । सुमनकुमार तण्डुकारको छायाँकन रहेको फिल्ममा फिल्ममा आकाश श्रेष्ठ, सलोन बस्नेत, बिकास थापाको अलवा नवनायिकाको रेखा शाहको मुख्य भुमिका छ । दिल लामा, रामकुमार थिङ र पारस गुरुङ निर्माता, सुशील पंगेनी फिल्मको प्रस्तुतकर्तामा रहेका छन् । फिल्मको लेखन प्रस्तुतकर्ता पंगेनी आफैले लेखेका हुन् ।