नेपालकै ठूलो रिटेल चेन साथीमार्टले टिकटक च्यालेन्ज ल्याएको छ । आफ्नो ग्राहकहरुलाई मध्य नजर गर्दै साथीमार्टले सो च्यालेन्ज ल्याएको हो l    ‘साथीमार्ट टिकटक च्यालेन्ज’ अन्तर्गत टिकटक प्रयोगकर्ताले १ मिनेटको भिडियो बनाई ५० हजार रुपैयाँ जित्न सक्नेछन् । ‘साथीमार्ट टिकटक च्यालेन्ज’ मा बिजेता  हुनका लागि प्रयोगकर्ताले सर्वप्रथम साथीमार्टको अफिसियल टिकटक पेजलाई फलो गर्नुपर्ने हुन्छ । सहभागीता जनाउन इच्छुकहरूले https://bit.ly/3Ipixkb मा क्लिक गरि साथीमार्ट टिकटक च्यालेन्जको बारेमा थप जानकारी लिन सकिनेछ । साथै जसमध्ये एउटा भिडियोमा ‘साथीमार्ट टिकटक च्यालेन्ज’मा सहभागी हुनका लागि के गर्नुपर्छ भन्ने कुरा जानकारी गराइएको छ भने अर्को नमुना भिडियो हो । सहभागीले सोही अनुसार नियम पालना गरेर भिडियो बनाउनु पर्नेछ l प्रतियोगिताको उत्कृष्ट भिडियोले ५० हजार रुपैयाँ र दुई उपविजेताले १५ हजार र १० हजार रुपैयाँ जित्ने छन् l सहभागीले नियम पालना गरेर भिडियो बनाउनु पर्नेछ l