शिक्षण पेसामा १४ वर्षदेखि सक्रिय रहेका कलाकार तथा शिक्षक दीपेन्द्र प्रसाईँलाई कलेजले जागिर बाट बर्खास्त गरेको छ l उनले कुनै गलत काम गरेर कलेजले बर्खास्त गरेको भने होइन l माग्ने बुढाको सो कमेडी हबमा उनले देखाएको कलाका कारण कलेजले बर्खास्त गरेको हो l विगत पाँच वर्षदेखि पढाइरहेको बागमती कलेजले उनलाई अचानक जागिरबाट हटाएको हो । कमेडी हब कार्यक्रमको पहिलो एपिसोडमा मा उनले ‘यमराज’ शीर्षकको प्रहसन देखाएको थिएँ । त्यसमा यमराजको भूमिका निभाएका दीपेन्द्रले  । निजी कलेज, स्कुलले कसरी चर्को फी असुल्छन् भन्ने विषयमा व्यंग्यात्मक प्रस्तुति दिएको थिएँ । फी जति लिए पनि सुविधा चाहिँ पर्याप्त नहुने र अभिभावकको ढाड सेक्ने कार्य गरिने भनेर व्यङ्ग्य हानेका थिय  l विगत पाँच वर्षदेखि उनी बागमती कलेजले पढाईरहेका छन् l उनले शोमा गरेको व्यङ्ग्य कलेजलाई असहनिय भएपछी जागिर हट्न परेको दीपेन्द्रको भनाइ छ l तर यही कुराभने कलेजका प्रिन्सिपलले झुटो भएको आरोप लगाएका छन् l