‘शिरको फूल शिरैमा’ बोल रहेको गीतको म्युजिक भिडियो सार्वजनिक गरिएको छ । गीतमा प्रकाश रेग्मी र रेश्मा पुनको स्वर रहेको गीतको शब्द राम अविरल विष्टको रहेको छ l एसडी योगीको संगीत गीतमा सुन्न सकिन्छ । शिव विकको कोरियोग्राफी तथा निर्देशनमा तयार भएको भिडियोमा अजय रेग्मीको छायाङ्कन, मिलन विश्वकर्माको सम्पादन छ ।
एनआर क्रियशनको प्रस्तुतिमा तयार भएको भिडियोमा नायक आकाश श्रेष्ठ र मोडल तनुजा वलीको अभिनय छ ।