फिल्म ‘प्रपञ्च’ को गीत ‘मुटुमा सास भर्ने आधार’ बोलको गीत रिलिज गरिएको छ । गीतमा शंकरलाल श्रेष्ठ र ऋद्धा दियालीले स्वर दिएका छन् । सन्तोष प्रगाढको संगीत तथा दिनेश सुवेदीको शब्द गीतमा रहेको छ l  बिएस बलामी निर्देशित  फिल्मको गीतमा मुख्य कलाकार सुमन थापा र मेनुका माझीको अभिनय छ ।

फिल्ममा बद्री साह, अनिल गीता र रवि राज आचार्यले निर्माण गरेका हुन् । फिल्ममा सिद्धार्थ सिंह, ध्रुव कोइराला, पीयूष मगर, मनिल तामाङ, प्रकृति केसी लगायत कलाकारको अभिनय छ l २१ असोजबाट फिल्म प्रदर्शनमा आउने छ l