सौगात मल्ल र पूजा शर्माको मुख्य भूमिका रहको फिल्म ‘पोइ पर्यो काले’को दोस्रो श्रृंखला निर्माण हुने भएको छ । 'पोइ पर्यो बुढो' नाम राख्दै निर्माण टिमले फिल्म निर्माण गर्ने जानकारी गराएका हुन् l फिल्ममा सौगात र पूजानै रहने बुझिएको छ l साथै अभिनेता दयाह्याङ राईलाई पनि फिल्ममा देख्न सकिने बताइएको छ l फिल्मको छायांकन मंसिरदेखि सुरु हुने छ l हाल स्क्रिप्टमा काम भइरहेको फिल्मको कथा आगत केसीको रहेको छ l फिल्मलाई दीपेन्द्र लामाले निर्देशन गर्ने सम्भावना छ । फिल्मका निर्माता किरण नेपाली हुन् l