फिल्म ‘कोही किन बर्बाद होस्’ फ्लोरमा जाने तयारीमा रहेको छ l अहिले अडिसन चलिरहेको फिल्मलाई तुलसी घिमिरेले निर्देशन गर्ने छन् l   फिल्मका निर्माता कलाकार नीर शाह हुन् l  फिल्ममा ६० जना कलाकारको अभिनय रहने छ l आउँदो महिनादेखि फिल्मको छायांकन सुरु हुने फिल्म मकवानपुरको पालुङ र टिस्टुङ क्षेत्रमा हुने छ l उपन्यासकार विजय मल्लको नाट्य कृतिमा आधारित हुने यो फिल्मलाई अन्तर्राष्ट्रिय बजारलाई लक्षित गरी निर्माण गर्न लागिएको जनाइएको छ । २०१५ सालमा मल्लले लेखेको नाटकमा फिल्म बन्न लागेको हो l