साउन १३ गते बाट रिलिजमा आउन लागेको फिल्म ‘पानी फोटो’को ट्रेलर सार्वजनिक गरीएको छ l युट्युब च्यानल हाइलाइट्स नेपाल बाट रिलिज गरीएको टिजरमा अभिनेता अनुप बराल, खगेन्द्र लामिछाने, मेनुका प्रधान र मलिका महतलाई प्रस्तुत गरिएको छ ।'पानी फोटो' मार्फत खगेन्द्रले निर्देशनमा डेब्यु गरेका हुन्  l टुकी आर्ट्स र मञ्जुश्री फिल्म्सले निर्माण गरेको फिल्ममा खगेन्द्र स्वयंको लेखन छ ।


 

फिल्मलाई खगेन्द्रकी श्रीमती रोजिना सिटौला र रवीन्द्र बज्राचार्यले संयुक्त रुपमा निर्माण गरेका हुन् । फिल्ममा खगेन्द्रसँगै सुनिल पोखरेल, अनुप बराल, मेनुका प्रधान, प्रकाश घिमिरे, माओत्से गुरुङ, बुद्धि तामाङ, मलिका महत, अशान्त शर्मालगायतको अभिनय रहेको छ । काठमाडौँ, बर्दिया, रोल्पा र स्याङ्जामा छायाङ्कन भएको फिल्मलाई दीपक बज्राचार्यले छायाङ्कन गरेका हुन् । फिल्ममा निमेष श्रेष्ठ र अर्जुन कार्कीको सम्पादन र पुष्पा संगमको पार्श्व संगीत छ