फिल्म 'गुलाबी' निर्माण हुने भएको छ l निर्माण टिमले अभिनेता नाजिर हुसेनलाई फिल्ममा अनुबन्धित गर्दै फिल्म निर्माणबारे जानकारी गराएका हुन् l द स्काई ओसन इन्टरटेनमेन्टको ब्यानरमा निर्माण हुने फिल्म ट्रान्सजेन्डर अर्थात् पारलैंगिक व्यक्तिको कथावस्तुमाथि आधारीत रहने छ l समुन्द्र भट्टले फिल्मको निर्देशन गर्ने छन् l भदौ २१ गतेदेखि छायांकन सुरु हुने फिल्मको लागि नाजिर बाहेकका अन्य कलाकारको अडिसन सुरु हुँदैछ । अर्को एक प्रमुख भूमिकामा विशाल पहारी पनि अनुबन्धित भइसकेका छन् । चरित्र निर्माणका लागि नाजिरले १५ किलो तौल घटाउँदैछन् । उनी एक महिनादेखि यही चरित्रको लागि तौल घटाइरहेका छन् । युवतीजस्तो कम्मर बनाउन उनले प्रयास गरिरहेका छन् l फिल्मको पटकथा पनि नाजिर र निर्देशक भट्टले मिलेर लेखेका हुन् ।