अभिनेता रेमनदास श्रेष्ठले लगन गाँठो कसेका छन् l विदेशी प्रेमिका जेना मुड्रासँग परम्पराअनुसार विवाह गरेका हुन् । यी दुई सात वर्षदेखि प्रेम सम्बन्धमा थिए । विवाह समारोहमा उनी निकट अन्य कलाकार समेत सहभागी रहेको थियो । टिभी रियालिटी शो हिमालय रोडिजका होस्ट समेत रहेका रेमनले मेघा, कर्कश र भिजा गर्ल फिल्ममा अभिनय गरेका छन् ।