नायक मुकुन भुसाल र नायिका बेनिशा हमालको मुख्य भूमिकामा फिल्म ‘बिजुली : च्याप्टर एक’ निर्माण हुने भएको छ l फर्स्टलुक पोस्टर सार्वजनिक गर्दै फिल्मको निर्माण घोषणा गरिएकको हो । सार्वजनिक गरेको फर्स्टलुकमा मुकुन महिलाको अवतारमा प्रस्तुत छन् । बासुकी फिल्मस्को ब्यानरमा निर्माण हुने फिल्ममा लुना केसी निर्माताको रुपमा रहेकी छन् l आगामी भदौ तेस्रो साताबाट फिल्म फ्लोरमा लैजाने तयारीमा निर्माण टिम छ । विकास गिरीको निर्देशन रहने फिल्ममा मुकुन भुषाल, बेनिशा हमाल, कालु राना अनुबन्ध छन् भने अन्य कलाकारहरुको भने छनौट कार्य चलीरहेको छ l हरि घले लामाले छायांकन गर्ने फिल्म सत्य, त्रेता, द्वापर र कलियुगको प्रतिनिधि पात्रको कथामा बन्ने र सिनेमाको दोस्रो भाग पनि निर्माण हुने बताइएको छ ।