फिल्म ‘म’ को दुई पोस्टर सार्वजनिक गरीएको छ l सार्वजनिक पोस्टरमा अनुसार डेव्यु अभिनेता संजोग रसाईलीको वरिपरि कथा र अन्य पात्रहरु घुमेको अनुमान लगाउन सकिन्छ । कान्तिपुर फिल्म एकेडेमीले पहिलो पटक निर्माण गरेको फिल्मलाई निर्देशक सुवर्ण थापाले निर्देशन गरेका छन् l प्रकाश पुरीको लेखन रहेको फिल्ममा पदम पुरी सह-निर्माता र विमला हुँमागाइँ निर्माता हुन् l करण सिंह प्रोडक्सन म्यानेजर रहेको फिल्ममा बनिष शाहको सम्पादन, तेन्जिङ पाल्देनको छायांकन र सुजन परियारको कस्टुम डिजाइन रहेको छ । फिल्ममा अभिनेता नरेन खड्का, सरोज खनाल, सरिता लामिछाने, निशा अधिकारी, सविन श्रेष्ठ, रुविना थापा, नीराजन प्रधान, प्रमोद अग्रहरी, संजोग रसाइली, पुनम श्रेष्ठ मुख्य भूमिकामा छन् । साउन २० गतेबाट फिल्म प्रदर्शनमा आउने छ l