फिल्म 'यात्रा'बाट नायिका मलिका महतले सिनेनगरमा पाइला टेकेकी हुन् l यो फिल्ममा उनी एक दृष्टिविहीन गायिकाको भूमिकामा थिइन् । पहिलो फिल्म बाट उनले खासी सफलता भने पाइनन् तर म्युजिक भिडियोमा भने उनको राम्रो पकड बन्यो l
तस्विर :बिकास अर्याल



दर्शकले उनको केमेष्ट्री अभिनेता पल शाह सँग एकदमै रुचाए l दर्जनौ म्युजिक भिडियोमा काम गरेकी मलिकाको फिल्म 'पानी फोटो' रिलिजको तयारीमा छ l




केही दिन अघि फिल्मको ट्रेलर पनि रिलिज गरीएको थियो l जसमा मलिकाको अभिनयलाई दर्शकले सकारात्मक प्रतिकृया दिएका छन् l