नायिका पूजा शर्मा यती बेला विवादमा तानिएकी छन् l सिनेमा घरमा आएका दर्शक माथि आक्रोश पोखेकै कारण उनी विवादमा तानिएकी हुन् l  गत शुक्रबारबाट प्रदर्शन भएको अभिनेत्री पूजा शर्मा र अभिनेता आकाश श्रेष्ठद्वारा अभिनीत फिल्म ‘सम्झना बिर्सना’ को प्रतिक्रिया बुझ्न शनिवार दिउँसो बालाजुको अष्टनारायण हलमा पूजा र आकाश दुवै जना गएका थिए । सोही समयमा फिल्म हेर्न आएका  भगवानरुपी दर्शक सँग उनी झर्किएकी थिइन l आफ्नो नामको नारा नलगाएको भन्दै उनले  दर्शकसँग आक्रोश पोखेकी हुन् l दर्शकले अभिनेता आकाश श्रेष्ठको मात्र नारा लगाएपछि , उनले दर्शकलाई यो फिल्म दुवैको हो एक जनाको मात्र  हैन भनेर भनेकी थिइन l उनले आक्रोश पोखे लागतै दर्शकहरू मनलागी नलागी पनि पूजाको नाम लिन्छन् l पूजा झर्किएपछि आकाशले आफ्ना प्रशंसकहरूलाई ‘सबैलाई सम्मान गर्नुपर्छ’ भनेर सम्झाएका थिए ।  उक्त भिडियो यती बेला सामाजिक सञ्जालमा पनि भाइरल भइरहेको छ l