फिल्म ‘दि सेक्रेट्स अफ राधा’ को पहिलो गीत सार्वजनिक गरीएको छ l हिन्दू महिलाहरुको महान पर्व हरितालिका तीजलाई लक्षित गर्दै गीत ‘पाउमा पाउजु’ रिलिज गरीएको हो l गीतमा सज्जा चौलागाईं र स्वस्तिमा ढकालको आवाज रहेको छ l कालीप्रसाद बाँस्कोटाको संगीत र सृजना खत्रीको शब्द रचना गीतमा छ । भिडियोमा अभिनेत्री द्वय सृष्टि श्रेष्ठ र प्रियंका कार्की छमछमी नाच्दै देखिएका छन् । सुवर्ण थापाको निर्देशनमा तयार भएको यो फिल्मलाई सौगातको आदि योगी भिजन र सुवर्णको ब्यानरको संयुक्त प्रस्तुतिमा निर्माण गरिएको हो ।
सुवर्ण र नायक सौगात मल्लको फिल्ममा लगानी छ । आदियोगी भिजन, मण्डला अनलाइन, महारानी इन्टरटेन्मेन्ट र महा प्रोडक्सनको ब्यानरमा निर्मित यस फिल्ममा नरेन्द्र मैनालीको छायांकन र कालीप्रसाद बाँस्कोटाको संगीत छ । भाद्र १० मा रिलिज हुने फिल्ममा सौगात मल्ल, खगेन्द्र लामिछाने, सृष्टि श्रेष्ठ, मेनुका प्रधानको मुख्य भूमिका रहेको छ l फिल्ममा सृष्टि टाइटल क्यारेक्टरमा छिन् । फिल्ममा सौगात मल्ल, दयाहाङ राई, मेनुका प्रधान, निश्चल बस्नेत, खगेन्द्र लामिछाने, बुद्धि तामाङ, दिव्य देव पन्त, पुस्कर गुरुङ, पशुपति राई, लोकेन्द्र लेखक, राजन खतिवडालगायतका कलाकारहरुको पनि अभिनय रहेको छ । फिल्ममा बरिष्ठ रंगकर्मी सुनिल पोखरेल अतिथी भूमिकामा प्रस्तुत छन् ।