चलचित्र ‘नाई नभन्नु ल ४’बाट नायक पल शाह र नायिका आँचल शर्माले एकसाथ सिने नगरीमा डेव्यु गरेका हुन् । पहिलो चलचित्रबाट नै नजिक बनेका यी दुईले केही म्युजिक भिडियो र चलचित्र ‘जोनी जेन्टलम्यान’मा सँगै काम गरिसकेका छन् । आफुलाई म्युजिक भिडियोबाट स्थापित गराउन सफल भएका पलको जोनी जेन्टलम्यान तेस्रो चलचित्र हो भने नाइ नभन्नु ल ४ पछि आँचलको दोस्रो । एक अर्कासँग नजिक रहेका पल र आँचलको सम्बन्धको बारेमा धेरै पटक मिडियामा बिभिन्न गसिपहरु बने । तर दुवैले आफुहरु साथीमात्र रहेको बताउदै आएका छन् । यतिबेला पल र आँचल अभिनित चलचित्र ‘जोनी जेन्टलम्यान’ हलहरुमा प्रदर्शन भइरहेको छ ।
पल शाह र आँचल शर्मासँग गरिएको रमाइलो कुराकानी :-