फिल्म ‘प्रसाद २’ विवाद टुङग्याउदै पुन: छायांकन सेटमा जाने भएको छ । नयाँ कम्पनीसँग सम्झौता गरेर फिल्मलाई फ्लोर लैजाने निर्माण टिमको योजना रहेको हो l अघिल्लो कम्पनी सुवास थापा प्रोडक्सनबाट फिल्मको स्वामित्व केशव पाण्डेको कम्पनीमा हस्तान्तरण गरी फिल्मको कामलाई अघि बढाइने भएको हो l गत साता पारिश्रमिक विवाद चर्किएपछि कास्कीको ल्वाङ गाउँ पुगेका कलाकार र क्रिउ काठमाडौं फर्किएका थिए । अन्तिम समयमा छायांकन रोकिँदा निर्मातालाई ६० लाखभन्दा बढी घाटा लागेको थियो  । फिल्मलाई सुदर्शन थापाले निर्देशन गरिहेका छन् । फिल्ममा विपिन कार्की, नम्रता श्रेष्ठ, राज कटुवाल र अर्पण थापाको मुख्य भूमिका छ ।