र्याप गायनमा आधारित रियालिटी शो ‘नेपहपको श्रीपेच’का विजेतालाई श्रीपेच (मुकुट) प्रदान गरिएको छ । यस् अघीको मुकुटमा विवाद उत्पन्न भएपछी सो मुकुट हटाइएको थियो l मुकुट हटाए सँगै शोका निर्णायकहरुले पत्रकार सम्मेलन गर्दै बिजेता साइमन विष्ट (भाइबर साइमन) लाई नयाँ मुकुट हस्तान्तरण गरेका हुन् l कार्यक्रममा ‘नेपहपको श्रीपेच’का विजेता साइमनले विजेताको रुपमा श्रीपेच लगाउँदा आफूलाई गर्व लागेको बताए । ‘यो लगाउँदा मलाई खुसी लागेको छ, एकदमै गर्व महसुस भएको छ,’ उनले भने । उनलाई काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन)ले पञ्चधातुबाट बनाइएको श्रीपेच पहिराएका हुन् । साथै उक्त कार्यक्रममा ‘नेपहपको श्रीपेच’को दोस्रो सिजन भदौदेखि सुरु हुने पनि कार्यक्रममा जानकारी गराइएको थियो l कार्यक्रमको निर्देशन ‘नेपहपको श्रीपेच’का निर्देशक निकेश खड्काले नै गर्नेछन् । यस्तै यही टिमले नयाँ कार्यक्रम ‘ब्याटल भूमि’ पनि आयोजना गर्दैछ । ब्याटल भूमिका लागि चाँडै डिजिटल अडिसन सुरु गरिने पनि बताइएको छ l सुदिप पोखरेल र रोशन कुमार श्रेष्ठ कार्यकारी निर्माता रहेका उक्त कार्यक्रम निकेश खड्काले निर्देशन गर्नेछन् । 'ब्याटल भुमी'मा जजको रूपमा मानस घले , कवि जी रहेका छन् भने अर्का एक जजको घोषणा गरिनेछ । यस्तै कार्यक्रमको होस्टका रूपमा कोइन्च जी रहेका छन् । साथै कार्यक्रमको असोसियट प्रोड्युसरको रूपमा मनोज सापकोटा रहेका छन् । श्रावणबाट ओे.एस.आर डिजिटल र डी म्युजिक टेलिभिजनबाट प्रसारण हुने शोमा विजेतालाई रु ५,००,००० नगद पुरस्कार र वर्ल्ड टुर गर्न पाउने छन् l