फिल्म 'माइकल अधिकारी'का दुईवटा पोस्टर सार्वजनिक गरीएको छ ।पोस्टरमा अभिनेता सौगात मल्ल र अभिनेत्री सृष्टि श्रेष्ठलाई फरक लुक्समा देख्न सकिन्छ । पोस्टरमा सौगातले उध्रेको स्वेटर, छिर्केमिर्के सर्ट र ट्राउजर पहिरिएका छन् । उनले खर्पन बोकेका छन् । खर्पनको एकापट्टि हजारहजारका बिटा छन् भने अर्कोपट्टि सृष्टि र र बच्चाको तस्वीर छ । सृष्टि रातो चोली र धोतीको पहिरनमा छिन् । उनले बच्चालाई काखमा लिइरहेकी छन् । फिल्मको मुख्य भूमिकामा सौगात मल्ल र श्रीस्टि श्रेष्ठ रहने छन् । अर्को पोस्टरमा पैसा बिछ्याएर सौगात र सृष्टि त्यसमाथि पल्टेको देख्न सकिन्छ । फिल्मलाई काठमाण्डौ भित्र रिच इन्टरटेनमेन्टले तथा अन्य स्थानमा श्री कृस्ना फिल्म्स डिस्ट्रिब्युटरले वितरण गर्ने छ। फिल्म भदौ ३ बाट देशभरमा हलमा प्रदर्शनमा आउनेछ ।फिल्ममा सौगात र सृष्टिसँगै अशान्त शर्मा, ऐनी कुँवर, हेमन्त बुढाथोकी, विद्या कार्की, सुजना ढकाल, दिलीप बोहरालगायतको मुख्य अभिनय छ । गोपीकृष्ण फिल्म्सको संचालक चर्चित संचारकर्मी रवी लामिछानेकी श्रीमती निकिता पौडेल समेत रहेकी छन् ।