फिल्म 'माइकल अधिकारी' को ट्रेलर सार्वजनिक गरीएको छ l सार्वजनीक ट्रेलर अभिनेता सौगात मल्ल र अभिनेत्री सृष्टि श्रेष्ठलाई फरक लुक्समा देख्न सकिन्छ । फिल्मको मुख्य भूमिकामा सौगात मल्ल र श्रीस्टि श्रेष्ठ रहने छन् ।  फिल्मलाई काठमाण्डौ भित्र रिच इन्टरटेनमेन्टले तथा अन्य स्थानमा श्री कृस्ना फिल्म्स डिस्ट्रिब्युटरले वितरण गर्ने छ। फिल्म भदौ ३ बाट देशभरमा हलमा प्रदर्शनमा आउनेछ ।

फिल्ममा सौगात र सृष्टिसँगै अशान्त शर्मा, ऐनी कुँवर, हेमन्त बुढाथोकी, विद्या कार्की, सुजना ढकाल, दिलीप बोहरालगायतको मुख्य अभिनय छ । गोपीकृष्ण फिल्म्सको संचालक चर्चित संचारकर्मी रवी लामिछानेकी श्रीमती निकिता पौडेल समेत रहेकी छन् ।