अभिनेत्री मिरुना मगरले मास्टर डिग्री पूरा गर्दै गोल्ड अवार्ड हासिल गरेकी छन् l लण्डनको ब्रनेल विश्वविद्यालयबाट मास्टर डिग्री पूरा गर्दै गोल्ड अवार्ड पनि जितेको खुशी मिरुनाले इन्स्टाग्राममार्फत् साटेकी हुन् । उनले लेखेकी छन्, ‘अनेक बाधाहरुको बावजूद पनि मास्टर डिग्री उत्तीर्ण गर्न पाउँदा र यसबीचमा फिल्मको छायांकन पूरा गर्न सकेकोमा आफूलाई गौरवान्तित महसुस गर्दछु ।’ उनले अगाडि लेख्छिन्, ‘कैयौं अनिन्द्रा रातहरु, लकडाउनको शून्यता र मन भाँचिएका कैयौं क्षणको नतिजाको रुपमा अन्ततः यो उपलब्धि हासिल भएको छ । म मेरो परिवार र साथीहरूलाई सधैं समर्थन र उत्प्रेरित गरेकोमा धन्यवाद नदिइरहँन सक्दिनँ । मेरो जीवनमा उहाँहरूलाई पाएकोमा धन्य र कृतज्ञ छु ।’ उनले बालबालिका, युवा र अन्तर्राष्ट्रिय विकास विषयमा मास्टर डिग्री गरेकी हुन् ।