गायिका प्रिती आले र गायक टेक अधिकारीको स्वर रहेको तीज गीत ‘ओए मेरी रानी’ सार्वजनिक भएको छ । टेक अधिकारी र रेशम प्रधान शब्द रहेको गीतमा रेशम प्रधानको संगीत छ । गीतको भिडियोमा अनु पराजुली र लोमश शर्माको अभिनय छ ।

बिक्रम चौहानले निर्देशन गरेको भिडियो सुजन श्रेष्ठले खिचेका हुन् । भिडियोमा युवराज खत्रीको सम्पादन छ । सार्वजनिक भिडियोलाई युट्युब च्यानल एक्सन फिल्मस बाट हेर्न सकिन्छ l