फिल्म ‘ए मेरो हजुर–४’ अमेरिकाको प्रदर्शन हुने भएको छ । शुक्रबार अमेरीकाको टेक्सासको यूलेसस्थित सिनेपोलिस लक्जरी सिनेमाजमा फिल्म प्रदर्शनमा आउने भएको हो l अमेरिकामा पनि फिल्म प्रदर्शन हुने जानकारी सुरेश दर्पन पोख्रेलले दिएका हुन् l झरना थापाको निर्देशन रहेको फिल्मलाई सुहाना इन्टरटेनमेन्ट र सुनिल कुमार थापा प्रोडक्सनमा सुनिल कुमार थापाले निर्माण गरेका हुन् । फिल्मको कथा निर्देशक झरना थापाले लेखेकी हुन् ।  फिल्मका कलाकार सुहाना थापा , अनमोल केसी , रबी गिरी , सलोन बस्नेत , सरोज खनाल लगायतको अभिनय रहेको छ l