सर्ट मुभी ‘मिसिङ्ग ब्राइड’ को पोस्टर सार्वजनिक भएको छ। नायिका बेनिशा हमालको निर्देशनमा तयार भएको फिल्मको उक्त पोस्टरमा नायिका बर्षा राउत देखिएकी छन् l बेनिशाको नै कथा रहेको सर्ट फिल्ममा बर्षाको अपोजिटमा विवेक सिंह ठकुरी मुख्य भूमिकामा रहेका छन्। फिल्मको कार्यकारी निर्माता केदार भुषाल हुन् l राम श्रेष्ठले खिचेको मुभीलाई प्रविन श्रेष्ठले सम्पादन गरेका छन्।