निर्माता निर्देशक तथा कलाकार दिपक-दिपाको नयाँ फिल्ममा नायिकाद्दय बेनिशा हमाल र मलिना जोशी देखिने भएका छन् l केही समय अघी ‘छक्का पञ्जा ४’ वा ‘श्री माग्ने राजा’ नाम रहने भनिएको यस् फिल्ममा यि दुई नायिका रहने खबर बाहिरीएको हो l साउन ९ गतेबाट फिल्मको मुहूर्त गरेर छायांकन सुरु गर्ने तयारीमा रहेको फिल्मलाई हेमराज विसीले निर्देशन गर्ने छन् l फिल्ममा बेनिशा र मलिना दीपकराजको जोडीको रुपमा प्रस्तुत हुनेछन् । निर्माण टिमको अनुसार सम्भवतः ‘श्री माग्ने राजा’ नाममा नै फिल्म बन्न सक्नेछ । फिल्ममा बेनिशा र मलिनासँगै दीपकराज गिरी, निर्मल शर्मा, केदार घिमिरे, नीर शाहल, दीपाश्री निरौला लगायतको पनि अभिनय रहनेछ ।