फिल्म ‘चंगाचेट’को दोस्रो सिरिज निर्माण हुने भएको छ । शर्मिला पाण्डेको निर्माण रहने फिल्मको चलचित्र विकास बोर्डमा नाम पनि दर्ता भैसकेको छ l स्क्रिट लेखनको कार्य सुरु गर्ने तयारीगर्दै फिल्मलाई आगामी मंसिरपछि छायांकनमा लैजाने निर्माण टिमको योजना छ l फिल्ममा अभिनेता अर्पण थापा फाइनल भैसकेका छन् भने अन्य कलाकारहरु भने स्क्रिप्ट पछी मात्र फाइनल गरीने छ l ‘चंगाचेट’लाई माधव वाग्लेले निर्माण गरेका थिए । फिल्म प्रदर्शनको समयमा वाग्लेलाई आर्थिक समस्या उत्पन्न भएपछि निर्मातामा शर्मिला जोडिएकी थिइन् । निर्माता वाग्लेबाट ‘चंगाचेट’को अधिकार लिएर शर्मिलाले फिल्म बनाउन लागेकी हुन् । यो फिल्मको ‘गोजीमा दाम छैन’ बोलको गीत अहिले पनि उतिक्कै चर्चामा छ । २०७५ सालमा फिल्म रिलिजमा आएको थियो जसमा कलाकार प्रियंका कार्की, आयुष्मान देशराज जोशी, रविन्द्र झा, सन्दीप क्षेत्री, अर्पण थापा, परमिता राणा, सुरक्षा पन्तलगायतका कलाकारको अभिनय रहेको थियो l फिल्मलाई निर्देशक दीपेन्द्र के खनालले निर्देशन गरेका थिय l