समलिङ्गी प्रेम कथामा आधारित सर्ट फिल्म 'मिरा -दी टेल्स अफ लाइफ' युट्युबमा सार्वजनिक गरिएको छ l युट्युब च्यानल  आश्वी फिल्म्सबाट रिलिज गरिएको हो l  प्रेम मानव जीवनको भावनात्मक शब्द हो । फिल्ममा दुई युवतीले प्रेम आफैंमा यस्तो सुन्दर शब्द छ जुन शब्दले जीवन नै परिवर्तन बनाइदिन्छ भनेर देखाउन खोजेका छन् l मानिस जुनसुकै प्रेममा पनि खुशी हुन सक्छन, यद्यपि यसलाई परिभाषित गर्न असम्भव छ l मायालाई शब्दमा परिभाषित गर्न उचित पनि हुँदैन् र यो पारस्परिक खुसी र स्नेहको एक विस्तृत रुप रहेको बुझ्न सकिन्छ । दुई व्यक्तिको बीच एक असाधारण सम्बन्ध जुन परस्पर विश्वास, सम्मान र स्नेहसँग जोडिएको हुन्छ l माया आफैंमा एक यस्तो चिज हो, जसमा भावना र अनुभव जोडिएको हुन्छ भनेर फिल्मको कथाले भन्न खोजेको छ l  मान्छेको आन्तरिक स्वभाव, भावना र साइकोलोजिकल कुरा भएको कारण पनि यो विषय त्यति सजिलो र सामान्य तरिकाले सोचेर मात्र हुँदैन । आजको समयमा साझा मुद्दा बनेको समलिङ्गी सम्बन्धित कुरा जति जटिल छ उति साहसिक पनि । एउटा सिङ्गो समुदायलाई समेटिने गरी र उनीहरूको भावनामा ठेस नपुग्ने गरी काम गर्नु पर्ने यस विषय रोज्नु फिल्म निर्माणमा एउटा जोखिम मोल्नु नै हो । 

कला- क्षेत्रमा केही गर्ने अठोटका साथ निर्माण गरेकी पण्डितको यो डेब्यु फिल्म रहेको छ l अनिल कटुवालले दृश्य कैद गरेको भिडियोलाई बिजेश पौडेलले सम्पादन तथा कलरिङ् गरेका हुन् भने फिल्मको साउन्ड डिजाइन सन्जाल भण्डारीको रहेको छ l फिल्ममा स्पट डाइरेक्टरको रूपमा अशोक भुजेलले साथ दिएका छन् । अनिता पण्डितको निर्माण तथा निर्देशन रहेको फिल्ममा पण्डित सँगै कलाकार अर्नभी ढुङ्गाना, मौसम खड्का र अभिषेकको अभिनय रहेको छ l