अभिनेता सौगात मल्लको निर्माण रहेको फिल्म ‘राधा : द सेक्रेट्स अफ राधा’ को ट्रेलर सार्वजनिक भएको छ । सार्वजनिक ट्रेलर नायिका सृष्टि श्रेष्ठ , निस्चल बस्नेत , खगेन्द्र लामीछने लगायत कलाकारहरुलाई  फिचर गरिएको छ ।

ट्रेलरमा नायिका श्रेष्ठ आफ्नो हराएको लोग्नेको खोजीमा हिंडेको देखाइएको छ l  आदि योगी भिजन, मण्डला अनलाइन, महारानी इन्टरटेन्मेन्ट र महा प्रोडक्सनको ब्यानरमा बनेको यस फिल्मलाई सौगात र सुवर्ण थापाले निर्माण गरेका हुन् l फिल्ममा सौगात र सृष्टिको अलावा खगेन्द्र लामिछाने, मेनुका प्रधान, पशुपति राई, दिव्य देव पन्त, पुष्कर गुरुङलगायत कलाकारको पनि अभिनय छ । साथै दयाहाङ राई र निश्चल बस्नेतलाई पनि फिल्ममा देख्न सकिन छ l फिल्म भाद्र १० गते प्रदर्शनमा आउँदै छ l