फिल्म ‘छक्का पन्जा ४’ को छायाङ्कन सुरु गरीएको छ । निर्माण टिमले भक्तपुरको सूर्यविनायक मन्दिरमा पूजा गर्दै फिल्मको छायाँकन सुरु गरेको हो । दीपकराज गिरी र दीपाश्री निरौलाले निर्माण रहेको यस् फिल्मलाई हेमराज विसीले निर्देशन गर्दै छन् l फिल्ममा दीपकराज गिरी, बेनिशा हमाल, मलिना जोशी, निर्मल शर्मा, केदार घिमिरे, नीर शाह, दीपाश्री निरौला लगायतको अभिनय रहनेछ । कार्तिकमा फिल्म प्रदर्शन गर्ने निर्माण टिमको योजना छ l