गीत ‘सर सर माया’ को म्युजिक भिडियो सार्वजनिक भएको छ । गायक जगदीश समालको आवाज रहेको गीतको शब्द डीपी खनालले कोरेका हुन् l  शंकर थापा ‘स्माईल’को संगीत तथा उदयराज पौडेलको संगीत संयोजन गीतमा रहेको छ । सान थापाको निर्देशन रहेको भिडियो सुप्रिम पराजुलीले सम्पादन गरेका हुन् ।

भिडियोमा नाजिर हुसेन र रुविना थापाको रोमान्स देख्न सकिन्छ । साथमा रोजिना धिमालको समेत अभिनय रहेको छ l भिडियोको छायाँंकन अर्जुन तिवारीले गरेका हुन् l