फिल्म ‘प्रेमगञ्ज’ युरोपका ४४ देशमा प्रदर्शन हुने भएको छ l । लोकाह फिल्म इन्टरनेशनलले फिल्म युरोपमा प्रदर्शन गर्न लागेको हो । युरोपका जर्मनी, अष्ट्रिया, पोल्यान्ड, माल्टा, डेनमार्क, नेदरल्यान्ड लगायत फिल्म प्रदर्शनमा आउने छ l फिल्मको मुख्य भूमिकामा बेनिशा हमाल र तेज गिरी रहेका छन् l मुक्तिनाथ विकास बैङ्कका जागिर तेजले ‘प्रेमगन्ज’बाट मुख्य अभिनेतामा डेब्यु गरेका हुन् । परीच्छेद सेनको निर्देशन रहेको फिल्मका कार्यकारी निर्माता अनन्तमान श्रेष्ठ हुन् l ‘चलचित्र चौतारी’ को ब्यानरमा निर्माण हुने फिल्मलाई सञ्जय लामाले छायांकन गरेका छन् ।स्पट ब्वाईको रूपमा काम गर्दै आएका राजु फुयाँल भने फिल्मका निर्माता हुन् l त्रिकोणात्मक विशुद्ध प्रेम कथामा आधारित रहेको फिल्ममा फिल्ममा रश्मि भट्ट, पवन भट्टराई, सन्जोग रसाइली ,सुप्रिया खनाल, राइडर प्रशान्त, सिमरन खड्का, आयुषी ढकाल लगायतको अभिनय रहेको छ l फिल्म आगामी भाद्र ३ गतेबाट प्रदर्शनको तयारीमा रहेको छ l