फिल्म रिलिज मिती नजिकिएसँगै यती बेला फिल्म 'म' को तिव्र गतीमा प्रचार प्रसार भैरहेको छ l काठमाडौंको चोक-चोकमा राखिएको डिजिटल स्क्रिनहरुमा ट्रेलर देखाउनुका साथै फिल्मको टिसर्ट लगाएर बाइक र्याली समेत निकालिएको छ l काठमाडौंको मुख्य चोकहरुमा अहिले पनि दैनिक हजारौं यात्रुहरु जाममा पर्नुपर्ने बाध्यता कायमै छ । फिल्म हेर्न हलसम्म नजाने र युट्युबमा ट्रेलर नहेरेका सर्वसाधारणले पनि फिल्मको बारेमा थाहा पाउने यो शैली प्रभावकारी हुने निर्माण टिमको भनाइ छ l कान्तिपुर फिल्म एकेडेमीले पहिलो पटक निर्माण गरेको फिल्मलाई निर्देशक सुवर्ण थापाले निर्देशन गरेका छन् l प्रकाश पुरीको लेखन रहेको फिल्ममा पदम पुरी सह-निर्माता र विमला हुँमागाइँ निर्माता हुन् l करण सिंह प्रोडक्सन म्यानेजर रहेको फिल्ममा बनिष शाहको सम्पादन, तेन्जिङ पाल्देनको छायांकन र सुजन परियारको कस्टुम डिजाइन रहेको छ । फिल्ममा अभिनेता नरेन खड्का, सरोज खनाल, सरिता लामिछाने, निशा अधिकारी, सविन श्रेष्ठ, रुविना थापा, नीराजन प्रधान, प्रमोद अग्रहरी, संजोग रसाइली, पुनम श्रेष्ठ मुख्य भूमिकामा छन् । साउन २० गतेबाट फिल्म प्रदर्शनमा आउँदै छ l