वन तथा वातावरणमन्त्री प्रदीप यादवले फिल्ममा खेल्ने भएका छन् l नायक रमित ढुंगानाले निर्देशन गर्न लागेको फिल्म ‘मुस्कान’मा मन्त्री यादव नायकको भूमिकामा देखिन लागेका हुन् l नायकको भूमिकामा अभिनय गर्ने भएका छन् । फिल्मको छायांकन साउन अन्तिमदेखि सुरु हुँदैछ l फिल्मको केमियो भूमिकामा मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउत पनि देखिनेछन् । रमित ढुंगानाको डेब्यु निर्देशन रहने फिल्म 'मुस्कान' एसिड सर्भाइभर किशोरी मुस्कान खातुनको जीवनमा आधारित फिल्म हो l