आफुहरुलाई  ज्यान मार्ने धम्की आएको भन्दै बलिउड अभिनेता-अभिनेत्री बिक्की कौशल र कट्रीना कैफले प्रहरीमा उजुरी दिएका छन् । अज्ञात ब्यक्ती बाट सन्जालमा ज्यान मार्ने धम्की आएको भन्दै उनीहरुले प्रहरीमा उजुरी दिएका हुन् l धम्कीबाहेक अज्ञात व्यक्तिले आफ्नी धर्मपत्नी कट्रिनालाई पीछा पनि गरेको भन्दै विक्कीले भारतीय दण्ड संहिताको धारा ५०६–२ (अपराधिक धम्की) र ३५४–डी (पछ्याएकोमा) अन्तर्गत सान्टाक्रुज पुलिस स्टेशनमा उजुरी दर्ता गराएका हुन् । एक हप्ताअघि कट्रिनाको फ्यान क्लबले अज्ञात व्यक्तिलाई अभिनेत्रीको तस्वीर र भिडिओहरु नखिच्न र उनलाई नपछ्याउन सल्लाह दिएका थिए । प्रहरीले सो अज्ञात व्यक्ति विरुद्ध मुद्दा दर्ता गरी अनुसन्धान सुरु गरिसकेको छ ।