चलचित्र विकास बोर्डको अध्यक्ष पदमा सरकारले अभिनेता भुवन केसीलाई नियुक्त गरेको छ l दयाराम दाहालको कार्यकाल सकिएसङगै सरकार अध्यक्ष पद् केसीलाई सुम्पिएको हो l सार १५ गते सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले एक सूचना प्रकाशित गरेर बोर्ड अध्यक्षका लागि विभिन्न मापदण्ड तोक्दै आवेदन माग गरेपछि भुवनसहित अरुणकुमार प्रधान, दीपक श्रेष्ठ, नरेश पौडेल, निर्मलराज ढकाल, मनिष पण्डित, सम्झना उप्रेती रौनियार, सुचित्रा श्रेष्ठ, सुशील पोखरेल र सुष्मा कार्कीले दरखास्त दिएका थिए l एमाले त्याग गरी काङग्रेस निकट बनेका केसी गायकको रुपमा आफ्नो करिअरको थालनी गरेका भुवन केसी अभिनीत पहिलो फिल्म ‘जुनी’ हो । ९० को दशकमा ठूलो स्टारडम बनाएका उनका प्रायः फिल्म व्यावसायिक रुपमा सफल छन् ।