फिल्म ‘डेसान’को फर्स्टलुक पोस्टर सार्वजनिक गरीएको छ l कमल एक्चै मगर निर्देशित फिल्मको दुईवटा पोस्टर सार्वजनिक गरीएको हो l एउटा पोस्टरमा अभिनेत्री पुनम थापा र अभिनेता निशान चौहान रोमान्टिक भावमा प्रस्तुत छन् भने अर्को पोस्टरमा यी दुईसँगै नम्रता सापकोटा र भोला सापकोटा गम्भीर मुद्रामा देखिन्छन् l पर्फमिङ आर्ट क्रियशनको ब्यानरमा निर्मित फिल्मलाई चक्रबहादुर महर्जनले खिचेका हुन् l राज थापा काउचाको कथा फिल्ममा रहेको छ l फिल्ममा कविता आले, आरुषजंग सारु, मलिका बस्नेत, प्रमिशा सारु मगरलगायतको पनि अभिनय छ ।आगामी मंसिर २३ गतेलाई प्रदर्शन मिति तोकिएको छ ।