वन तथा वातावरणमन्त्री प्रदीप यादवले फिल्ममा नखेल्ने भएका छन् l नायक रमित ढुंगानाले निर्देशन गर्न लागेको फिल्म ‘मुस्कान’मा मन्त्री यादवले अभिनय नगर्ने आफ्नो सामाजिक सन्जाल मार्फत बताएका हुन् l मंगलवार फेसबुकमा स्टाटस लेख्दै उनले कार्यव्यस्तताले गर्दा फिल्ममा काम गर्न नसक्ने बताएका छन् ।फिल्ममा अभिनय गर्न लागेको भन्ने विषयमा आएको खबरप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै उनले लेखेका छन्, ‘समाजलाई सचेत बनाउने जनचेतनामूलक फिल्ममा अभिनय गर्ने विषयमा केही समय अगाडि रमित ढुङ्गानाज्यूको प्रस्ताव आएको थियो । विभिन्न चरणमा छलफल पनि भयो तर अहिले थपिएको जिम्मेवारका कारण फिल्मका लागि समय नमिल्ने स्पष्ट पार्न चाहन्छु ।’ फिल्मको केमियो भूमिकामा मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउत पनि देखिनेछन् । रमित ढुंगानाको डेब्यु निर्देशन रहने फिल्म 'मुस्कान' एसिड सर्भाइभर किशोरी मुस्कान खातुनको जीवनमा आधारित फिल्म हो l