अभिनेता तथा गायक प्रशान्त तामाङ जोडीलाई पुत्री लाभ भएको छ l सामाजिक सन्जाल मार्फत छोरीको तस्विर राख्दै प्रशान्तले उक्त खबरओ जानकारी गराएका हुन् l श्रीमती मार्था एली तामाङले बुधवार विहान दार्जिलिङको एक अस्पतालमा छोरीलाई जन्म दिएकी हुन् । उनले छोरीको नाम ‘आरिया’ राखेको छन् l प्रशान्त र मार्थाले करीब तीन वर्षअघि प्रेम विवाह गरेका थिए । मार्था पेशाले एयर होस्टेस हुन् । पछिल्लो समय प्रशान्त परिवारसँग दार्जिलिङमा नै बस्दै आएका छन् । उनको नयाँ फिल्म ‘परदेशी २’ आगामी असोज १४ गतेबाट प्रदर्शनमा आउँदैछ ।