भुवन केसीले आज चलचित्र विकास बोर्डका अध्यक्षमा पदभार ग्रहण गरेका छन् । प्रधानमन्त्री देउवाको अशिर्वादले अध्यक्ष बनेका भुवनले स्वस्तिक वाचन गर्दै वास्तुअनुसार उनले पदभार ग्रहण गरेका हुन् । कार्यालयका कर्मचारीले उनलाई फूल माला र खादा लगाएर स्वागत गरेका थिए । १० वर्षको उमेरदेखि कला क्षेत्रमा लागेको बताउँदै अध्यक्ष केसीले चलचित्र क्षेत्रमै काम गरेको ४० वर्ष भइसकेको जानकारी दिए । उनले आफूलाई असफल हुने छुट नरहेको बताएका थिय l आफ्नो जन्म नै कलाकार हुन भएको भन्दै कला क्षेत्रको विकास नै आफ्नो उद्देश्य रहेको उनको भनाइ छ ।