समलिङ्गी प्रेम कथामा आधारित सर्ट फिल्म 'मिरा -दी टेल्स अफ लाइफ' पुन: युट्युबमा सार्वजनिक गरिएको छ l यस् अघी सार्वजनिक गरीएको भिडियोमा समस्या आएपछी निर्माण टिमले सो भिडियो हटाइ नयाँ अपलोड गरेका हुन् l युट्युब च्यानल  आश्वी फिल्म्सबाट रिलिज गरिएको हो l  प्रेम मानव जीवनको भावनात्मक शब्द हो । फिल्ममा दुई युवतीले प्रेम आफैंमा यस्तो सुन्दर शब्द छ जुन शब्दले जीवन नै परिवर्तन बनाइदिन्छ भनेर देखाउन खोजेका छन् l मानिस जुनसुकै प्रेममा पनि खुशी हुन सक्छन, यद्यपि यसलाई परिभाषित गर्न असम्भव छ l मायालाई शब्दमा परिभाषित गर्न उचित पनि हुँदैन् र यो पारस्परिक खुसी र स्नेहको एक विस्तृत रुप रहेको बुझ्न सकिन्छ । दुई व्यक्तिको बीच एक असाधारण सम्बन्ध जुन परस्पर विश्वास, सम्मान र स्नेहसँग जोडिएको हुन्छ l अनिल कटुवालले खिचेको फिल्मको छायांकन पक्ष उत्कृष्ट छ l फिल्मका पात्रहरूले समाजका मान्छेहरूको नै प्रतिनिधित्व गर्छन् कलाकारहरुले फिल्ममा गरेको अभिनय गज्जबको छ l क्याम्राबाट  मुख्य पात्र र उसका घटनाको मनोविज्ञानलाई पस्किएको छ। फिल्मको कथा कन्सेप्ट निर्माता तथा निर्देशक पन्डित स्वयमले तयार पारेकी हुन् l