फिल्म 'बर एन्ड बधु' को छायाङकन यतीबेला रोमानियामा धमाधमा भैइरहेको छ l उक्त फिल्मकै लागि फिल्मका मुख्य कलाकारा आचल शर्मा र नव–नायक विवेक कर्माचार्य उतै छन् l यसैविच, फिल्मको रोमानिया छायांकन सकिने केही दिन मात्र बाँकी रहेको समयमा निर्माणपक्षले केही तस्वीरहरु सार्वजनिक गरेको छ । जहाँ, आँचल र नव–नायक विवेक कर्माचार्य रोमान्टिक देखिएका छन् । रोमान्टिक कमेडी कथामा निर्माण भैरहेको चलचित्रलाई एलआरके इन्टरटेन्मेन्टको ब्यानरमा तयार पारिएको हो । चलचित्रका कार्यकारी निर्माता डाक्टर अमित रिजाल हुन् । फिल्मलाई निर्देशक मिलन चाम्सले निर्देशन गरीरहेका छन् l