अभिनेता खगेन्द्र लामिछाने निर्देशित फिल्म ‘पानीफोटो’ले शुक्रवारबाट प्रदर्शनमा आएको छ । मल्टीप्लेक्समा राम्रो शो पाएको फिल्मले सिंगल थिएटर भने पर्याप्त मात्रामा मिलेको छ । पानी फोटो' मार्फत खगेन्द्र पहिलो पटका निर्देशनमा डेब्यु गरेका हुन् l टुकी आर्ट्स र मञ्जुश्री फिल्म्सले निर्माण गरेको फिल्ममा खगेन्द्र स्वयंको लेखन छ । फिल्मलाई खगेन्द्रकी श्रीमती रोजिना सिटौला र रवीन्द्र बज्राचार्यले संयुक्त रुपमा निर्माण गरेका हुन् । फिल्ममा खगेन्द्रसँगै सुनिल पोखरेल, अनुप बराल, मेनुका प्रधान, प्रकाश घिमिरे, माओत्से गुरुङ, बुद्धि तामाङ, मलिका महत, अशान्त शर्मालगायतको अभिनय रहेको छ । काठमाडौँ, बर्दिया, रोल्पा र स्याङ्जामा छायाङ्कन भएको फिल्मलाई दीपक बज्राचार्यले छायाङ्कन गरेका हुन् । फिल्ममा निमेष श्रेष्ठ र अर्जुन कार्कीको सम्पादन र पुष्पा संगमको पार्श्व संगीत छ ।