गायिका तारा थापा र गायक बिबेकको स्वरमा तीज गीत ‘नाचौं सँगी’ भिडियो सार्वजनिक गरिएको छ। किरण के उप्रेतीको शब्द रचना रहेको गीतमा चाँद सिंहको संगीत समावेस छ । गम्भीर बिस्टको निर्देशनमा बनेको भिडियोमा सुबोल थापाले कोरियोग्राफी गरेका छन्।
पवन सुस्लिङ्गले छायाँकन गरेको भिडियोमा गम्भीर बिस्ट,समारिका ढकाल र स्मारिका ढकाल फिचर्ड छन्। नबिन निरौलाले सम्पादन गरेको भिडियो मेलोडी नेपालको अफिसियल यु ट्युब च्यानल मार्फत सार्वजनिक गरिएको हो।