अस्मिता जुरेलीको तीज गीत "यसपालीको तीजमा हामी विशेष मनाउने"को भिडियो रिलिज गरिएको छ । ओम सुनारको संगीत तथा सुशिल शर्माको शब्द रचना रहेको गीतमा अस्मिता आफैले स्वर भरेकी छन् । गीत अस्मिता जुरेलीको अफिसियल युट्युबबाट सार्वजनिक गरिएकको भिडियोलाई उनी स्वयंमले निर्देशन गरेकी हुन् ।
गीतको भिडियो उनीसँगै जयकिशन बस्नेत, समिक्षा बिसी, सुष्मा दाहाल, इस्थार सुनाम, अनु पराजुली, भगवती खड्का ,सविता राई, रेखा राई, मनिषा लकान्तरी र शिव बिकको अभिनय रहेको छ । शिव बिकको कोरियोग्राफी रहेको गीतमा अर्जुन तिवारीको छायांकन, मिलन विश्कर्माको कलर तथा सम्पादन गरेको भिडियोका पोस्टको काम ड्रयागन पिक्चर्सले गरेको हो ।