नायिका सुष्मा कार्कीले बलिउड अभिनेता सलमान खानलाई भेटेको समाचारले यतिबेला मिडियामा स्थान पाइरहेको छ । कार्यक्रमको सिलसिलामा लण्डन पुगेकी सुष्माले मंगलबार बलिउड अभिनेता सलमान खानलाई एक स्टोरमा  भेटेकी थिइन् । उनले फेसबुकमा ‘माई लभ’ भनेर सलमानसँग खिचिएको दुई तस्बिर पोस्ट गरेकी थिइन् ।

सुष्माले तस्विर पोस्ट गरेसँगै राम्रो र नराम्रो कमेन्टको ओइरो लागेको छ । कार्कीले कमेन्टको प्रतिउत्तरमा ‘राम्रो कमेन्ट गर्नेलाई धन्यबाद, नराम्रो कमेन्ट गर्नेलाई फ***यु ’ भनेर लेखेकी छिन् । सुुष्माको उक्त कमेन्ट पश्चात प्रतिउत्तरमा गाली गर्नेको सङख्या बढ्दो छ ।