फिल्म `प्रेम गीत ३´ को रिलिज नेपाल साथै भारतमा पनि एकैदीन प्र्दर्शनमा आउने भएको छ l निर्माण टिमले केही पोस्टर रिलिज गर्दै सिनेमा नेपाल र भारतमा एकै दिन रिलिज हुने जानकारी दिएका हुन् l जी-म्युजिक, युएफओ र मधु इन्टटेनमेन्टले फिल्मलाई भारतभर रिलिज गर्न लागेका हुन् । फिल्मका निर्देशक तथा निर्माता सन्तोष सेनले उक्त कुराको जानकारी आफ्नो सामाजिक सञ्जाल मार्फत दिएका हुन् । निर्माता सन्तोष र छेतान गुरुङको संयुक्त निर्देशनमा तयार भएको फिल्ममा प्रदीप खड्का,क्रिस्टिना गुरुङ,शिव श्रेष्ठ माओत्से गुरुङ लगायत कलाकारहरूको अभिनय रहेको छ । हल रिलिजको आठ हप्तापछि ‘प्रेमगीत ३’ ओटीटीमा रिलिज हुनेछ । निर्माताले महंगो मूल्यमा फिल्मको राइट भारतमा बेचेका हुन् ।