फिल्म ‘फूलबारी’मा अभिनेत्री प्रियंका कार्की अनुबन्धीत भएकी छन् । निर्देशक रामबाबु गुरुङले निर्देशन गर्ने फिल्ममा कार्की मुख्य भूमिकामा अनुबन्धीत भएकी हुन् l साथै कार्कीको अलावा फिल्ममा निर्माण टिमले नायक दयाहाङ राई र विपिन कार्कीलाई पनि जोडेका छन् l छोरीलाई जन्म दिए पस्चात उनी फिल्ममा देखिएकी थिइनन् l गत बैशाख २५ गते रिलिज भएको फिल्म ‘लक्का जवान’पछि प्रियंका अभिनयमा फर्किन लागेकी हुन् । नयाँ प्रमुख भूमिकाको लागि प्रियंका अनुबन्धित भइसकेको निर्देशक गुरुङले अनलाइनखबरलाई जानकारी दिए । यशोधा फिल्म्सको ब्यानरमा फिल्म निर्माण हुने फिल्म भदौ १३ गतेदेखि छायांकनमा जाने छ l फिल्ममा रंगमञ्च कलाकारहरु अरुणा कार्की, सोम खनाल पनि जोडिने चर्चा छ । प्रियंका कमब्याकको लागि यतिबेला शारीरिक रुपमा फिट हुन कसरत गरिरहेकी छन् ।