धार्मिक आस्था माथि ब्यङ्ग्य हान्दै भगवान महादेवलाई नचाहिदो तरीकाले प्रस्तुत गरेको भन्दै कमेडी शो 'कमेडी हव' पुन: विवादमा तानिएको छ l सामाजिक संजालमा उक्त शो को चर्को विरोध गरिनुका साथै शो लाइनै बहिस्कार गर्न पर्ने दर्शकले माग राखेका छन् l यस बारेर पप गायक सञ्जय श्रेष्ठले पनि सामाजिक सन्जाल मार्फत घोर विरोध गर्दै आफ्नो अभीब्यक्ती राखेका छन्  l हिन्दू आस्थामाथि यसले प्रहार गरेको उनको भनाइ छ l उनी लेख्छन् : ‘हामी सनातन धर्म मान्नेहरूका आराध्यदेव भगवान् शिवलाई मजाकको पात्र बनाइएको यो कमेडीको शृंखला प्रसारण नगरियोस् र तत्काल यस कार्यक्रमका सम्बन्धितहरुले यो धृष्टताको लागि सार्वजनिक रुपमा माफी मागोस् । अन्यथा हामी सनातन धर्म मान्नेहरु चुप लागेर बस्ने छैनौं । यो सरासर हाम्रो आस्थामाथिको प्रहार हो । सञ्चार मन्त्रालय, गृह मन्त्रालय तथा संस्कृति मन्त्रालयले पनि यो धार्मिक आस्था माथिको प्रहारको लागि छानबिन गरोस् र गल्ती गर्नेहरुलाई सजाय देओस् ।’ उनी सँगै अन्य ब्यक्तीहरुको पनि सोही अभिव्यक्ति दिएका छन् l सन्जालमा चर्को विरोध भए सँगै यतिबेला केदार घिमिरे उर्फ माग्ने बुढाले सामाजिक सन्जाल मार्फत माफी मागेका छन् l उक्त द्रिस्यले उग्र रुप लिएपछि माग्ने बुढा सन्जाल माफी माग्न वाध्य बनेका हुन् l उनी लेख्छन् :आदरणीय दर्शक तथा शुभचिन्तकज्युहरुमा नमस्कार । हामिले मिडिया हब मार्फत निर्माण र प्रसारण गर्दै आइरहेको कमेडी हब कार्यक्रमको एक प्रस्तुतिमा आराध्यदेब माहादेबलाई लिएर बनाइएको बिषय बस्तु प्रति  दर्शक तथा शुभचिन्तकज्युहरुले देखाउनु भएको प्रतिक्रिया प्रति हाम्रो ध्यानाकर्षण भएको छ । अन्जान मै  हामी बाट भएको त्रुटि  प्रति  सम्पूर्ण दर्शकहरुको  समक्ष  हामी क्षमा माग्दछौ । साथै  हामिले सम्पूर्ण दर्शक ,शुभचिन्तकहरुको सल्लाह र परामर्श बमोजिम यो बिषय बस्तुलाई युट्युब / टिकटक / फेसबुक सबैतिर बाट हटाइ सकेका छौ। बम बम भोले । जय भोले । - केदार प्रसाद घिमिरे निर्देशक कार्यक्रम कमेडी हब