फिल्म 'बद्री बहादुर' को अष्ट्रेलियामा प्रिमियर गरिएको छ। शोभित बस्नेतले निर्देशन रहेको फिल्म सिड्नीमा रिलिज गरीएको हो l फिल्म प्रदर्शनको लागि शोभित केही दिनअघि अष्ट्रेलिया पुगेका थिए। सिड्नीमा फिल्मलाई मेगा इभेन्ट र रूक्सल प्रजापतिले प्रदर्शन गरेकाे हाे। शनिबार अष्ट्रेलियामा फिल्मको प्रिमियर गरिएको हो। फिल्म अन्य ३ सहरमा पनि प्रदर्शन गर्ने निर्माण टिमको तयारी छl एबि पिक्चर्स फार्म र सलोन सलिना ब्यानरबाट निर्माण भएको फिल्ममा सञ्चारकर्मी रवि अधिकारी कार्यकारी निर्माता छन्। विनोद सापकोटाले छायांकन गरेको फिल्मलाई समिर मियाले सम्पादन गरेका हुन्। कमेडी जनराको फिल्ममा जय किसन बस्नेत, छुल्ठिम गुरुङ, राजिवजंग बस्नेत, धिरेन शाक्य र वर्षा चौलागाईं लगायतको अभिनय छ। फिल्ममा अभिनेत्री पुजा शर्मा र अभिनेता सलोन बस्नेतको विशेष भूमिका छ। रामकाजी घिमिरे लेखन, शिव विकको नृत्य निर्देशन, शंकर महर्जनको द्वन्द निर्देशन रहको फिल्म नेपाल पनि चाडै नै रिलिज गर्ने निर्माण टिमको योजना छ l