अभिनेता पुष्प खड्का र श्रद्दा क्षेत्री अभिनिती  फिल्म ‘कृष्णलीला’ को अष्ट्रेलिया प्रदर्शन अधिकार बिक्री भएको छ । अधिकार ८ लाखमा बिक्री गरीएको हो l अष्ट्रेलिया निवासी निकेश मानन्धरले फिल्मको राइट्स खरिद गरेका हुन् । बिहीवार राजधानीमा निकेशका प्रतिनिधि महेन्द्र अधिकारी र निर्माताबीच अष्ट्रेलिया राइट्स बिक्रीको सम्झौता पत्र आदान-प्रदान भएको थियो  । सार्वजनिक गरिएको छ । दीपक ओलीको निर्देशन रहेको यस  चैत्रको फिल्म २७ गतेबाट प्रदर्शनमा आउँदै छ l  कृष्ण र लीलाको प्रेममा आउने उतारचढावलाई प्रस्तुत गरिएको फिल्मको ट्रेलरमा रवीन्द्र झा, बुद्धि तामाङ, नवीन रेग्मी, भावना गुरुङ लगायतलाई देख्न सकिन्छ ।आरआर फिल्म प्रोडक्शनको ब्यानरमा निर्माण भएको फिल्ममा लक्ष्मण सुवेदीको लेखन रहेको छ l प्रकाशराज कार्की र केबल तामाङको लगानी रहेको ‘कृष्ण लीला’ मा पीताम्बर आचार्य र रोजन श्रेष्ठ सह–निर्माताको रुप्मा छन् ।  फिल्मलाई= शिव ढकालले खिचेका हुन् l भाद्र ३ गते बाट प्रदर्शनमा आउन लागेको फिल्मको ट्रेलर र गीतलाई दर्शकले अत्याधिक रुचाएका छन् l